प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका ओली र युनुसबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्तामा उनीहरूबीच नेपाल–बंगलादेश आपसी सम्बन्ध, ऊर्जा तथा पारवहन सहयोग लगायतका विभिन्न विषयहरूमा कुराकानी भएको छ ।
बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका थिए । प्रधानमन्त्री ओली गत असोज ४ गते अमेरिका गएका थिए । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले बिभिन्न राष्ट्रका प्रमुखहरुसँग भेटवार्ता गरीरहेका छन् ।
प्रतिक्रिया