थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेदेखि वडा नम्बर–७ भित्र पर्ने मुख्य सडक खण्डका विभिन्न स्थानमा सवारी आवागमनमा समेत अवरोध हुने गरी काठ राखिएको गुनासो बढेपछि गाउँपालिकाले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
सडकको संरचनामा समेत क्षति पुग्ने गरी भएको काठ थुपारोले स्थानीय यातायात सञ्चालनमा असर परेको भन्दै गाउँपालिकाले सम्बन्धित व्यवसायी एवं व्यक्तिहरूलाई तीन दिनभित्र काठ व्यवस्थापन गरी सडक सहज बनाउन आग्रह गरेको छ।
समयसीमाभित्र काठ नहटाइए कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने गाउँपालिकाले स्पष्ट पारेको छ।
यस सम्बन्धमा थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–७ का अध्यक्ष भोजराज कार्कीले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै, “सडक सबैका लागि सार्वजनिक संरचना हो, यसलाई नोक्सानी पुग्ने र यातायात प्रभावित हुने गतिविधि नगरियोस्,” भन्दै काठ हटाउन आग्रह गरेका छन्।
स्थानीयवासीले पनि अहिले भइरहेको काठ थुपारोका कारण एम्बुलेन्सदेखि दैनिक सवारी चलाउन समस्या परिरहेको बताएका छन्।

प्रतिक्रिया