नेपाल प्रजातन्त्र सेनानी संघले नेपाली कांग्रेसको १५औँ महाधिवेशन फास्ट ट्रयाकमा गर्न प्रस्ताव गरेको छ । संघको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको विधानअनुसार द्रुत मार्गमा २०८२ साल मंसिर भित्रै महाधिवेशन सम्पन्न गर्न आग्रह गरेको हो ।
बैठकले महाधिवेशन तयारीका लागि सदस्यता नवीकरण, वितरण तथा नयाँ सदस्य थप्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाउने निर्णय गरेको संघका अध्यक्ष बालकृष्ण दाहालले जानकारी दिए । बैठकले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले तय गर्ने आगामी तालिका अनुसार सक्रिय भूमिका खेल्ने र आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
संघले पार्टीभित्र देखिएका आन्तरिक चुनौती र देशको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कांग्रेस नेतृत्वलाई संगठन सुदृढीकरणमा जोड दिन आग्रह गरेको छ ।
नेपाली कांग्रेसले वर्तमान परिस्थितिका बारेमा नेपालका राष्ट्रिय दलहरूसँग गर्नुपर्नेमा जोड दिएको छ ।
संघले बर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्दै लोकतान्त्रिक आन्दोलनको मूल्य–मान्यता संरक्षणका लागि एकता कायम राख्न कांग्रेसका सबै सदस्यलाई आह्वान गरेको छ ।

प्रतिक्रिया