टी–२० विश्वकप छनोटमा नेपालको रोमाञ्चक जित, सन्दीप लामिछानेको पाँच विकेट

साझा प्रेस
50
Shares

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले कतारमाथि रोमाञ्चक पाँच रनको जित निकालेको छ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनायो। कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पु¥याए। दीपेन्द्रसिंह ऐरीले २६ रनको योगदान दिए भने अन्त्यतिर गुल्सन झा र सोमपाल कामीले उपयोगी रन थपे।

बलिङतर्फ कतारका डेनियल आर्चर, मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३–३ विकेट लिए।

१४८ रनको लक्ष्य पछ्याएको कतारले आक्रामक सुरुवात गरे पनि नेपालका बलरको उत्कृष्ट प्रदर्शनका कारण १९ ओभर ५ बलमै १४२ रनमा समेटियो। कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट झार्दै नेपाललाई जित दिलाए। नन्दन यादवले २ विकेटदीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो, तर सन्दीपको उत्कृष्ट बलिङका अगाडि कतारी ब्याटरहरू धराशायी बने।

यो जितसँगै नेपालले सुपर सिक्समा आफ्नो जितको श्रृंखला कायम राखेको छ र विश्वकपमा स्थान बनाउने लक्ष्यतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाएको छ।