माप्यदुधकोशी गाउँपालिकामा आइतबारदेखि सुरु भएको खेलकुद महोत्सवमार्फत युवाको समग्र वृद्धि र विकासमा खेलकुदले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन सत्रमा बोल्दै खेलकुद केवल मनोरञ्जनका लागि नभई युवा पुस्ताको आत्मविश्वास, बौद्धिक विकास र नेतृत्व क्षमताको उन्नतिका लागि पनि महत्वपूर्ण माध्यम रहेको बताए । उनले भने, “राष्ट्रले युवालाई खेलकुदमा सहभागी गराउने वातावरण सिर्जना गर्न लगानी बढाउनैपर्छ ।”

राष्ट्रभूमि विकास क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिका स्तरका फुटसल, खुला ब्याडमिन्टन र चेस खेल समावेश छन् । तीन खेलमा सहभागिता उत्कृष्ट देखिएको आयोजक क्लबका अध्यक्ष प्रदीप राईले जानकारी दिए । उनका अनुसार ब्याडमिन्टनको विभिन्न विधामा ७६ खेलाडी, फुटसलतर्फ १० टिम र चेसमा ११ टिमले सहभागिता जनाएका छन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गौरव राई, वडा नं. २ का अध्यक्ष चन्द्रबहादुर राई, विद्यालयका प्रमुखहरू र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यस क्रममा खेलकुदको निरन्तरता र विद्यालयस्तरमा यसको प्रवद्र्धनमा योगदान पु¥याउँदै आएका खालि माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर राई र दिपेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक कुमार राईलाई सम्मान गरिएको थियो ।
अध्यक्ष बुद्धिकिरण राईले माप्यदुधकोशी गाउँपालिकाबाट यस्ता गतिविधिलाई निरन्तर समर्थन र विस्तार गर्दै जाने प्रतिबद्धता जनाउँदै भने, “हाम्रो लक्ष्य सक्षम, अनुशासित र आत्मनिर्भर युवा पुस्ता तयार गर्नु हो — खेलकुद त्यसको आधार हो ।”


प्रतिक्रिया