माप्य दुधकोशीमा सम्पन्न फुटसलको उपाधि न्यू रेन्टल सर्भिसलाई

साझा प्रेस
250
Shares

माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न तीन दिने जिल्ला स्तरीय खुला फाइव ए साइड फुटसल प्रतियोगितामा न्यू रेन्टल सर्भिस विजेता बनेको छ ।

प्रतियोगितामा बासा फुटबल क्लब उपविजेता बन्न सफल भयो। विजेता टोलीले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले नगद रु ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

व्यक्तिगत विधामा उत्कृष्ट गोलरक्षकको उपाधि निखिल बिक, सर्वश्रेष्ठ खेलाडीको उपाधि सन्दीप मगर, र टप स्कोररको उपाधि खेम राईले प्राप्त गर्नुभएको छ । खस्ताब फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा १४ टिमको सहभागिता रहेको आयोजक असन राईले जानकारी दिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र एकता विकास गर्ने बताउँदै गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य गाउँका युवालाई खेलकुदमा प्रोत्साहन गर्नु र आपसी सौहार्द बढाउनु रहेको हो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालय र क्लबका युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।