पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणका लागि थिम्पु पुगेका छन् । निजी भ्रमणका क्रममा ५ सदस्यिय टोलि सहित उनि भुटान पुगेका हुन् ।
पूर्वराजासँग छोरी प्रेरणा र भतिजी शिताष्मा सो भ्रमणमा जोडिएका छन् । घटस्थापनाका दिन भुटान पुगेका पुर्वराजा शाहलाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । उनलाई भुटानकी राजकुमारीले स्वागत गरेकी थिईन् ।
यसअघि भुटान भ्रमणको सामान्य सुचना मात्र सचिवायलका तर्फबाट सार्वजानिक भएपश्चात यो भ्रमणका बारेमा अन्य चर्चा बाहिर आएको छैन । तर यो भ्रमण भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुककै निमन्त्रणमा भएको दाबी स्रोतको छ । स्रोतका अनुसार यो भ्रमण निजी नभई राजनीतिक भ्रमण हो ।
भ्रमणको ब्यवस्थापनका लागि पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना केही दिनअघि नै भुटान पुगेका थिए ।
भुटानमा भ्रमणका क्रममा पूर्वराजाले भुटानी राजा तथा अन्य उच्च पदस्थहरुसँग भेटवार्ता गर्ने बुझिएको छ ।
प्रतिक्रिया