लायन्स क्लबद्वारा कपन प्रहरी प्रभागलाई कम्प्युटर र प्रिन्टर सहयोग

साझा प्रेस
850
Shares

लायन्स क्लब अफ कपन होराइजनले कपन प्रहरी प्रभागलाई २ थान कम्प्युटर सेट र १ थान प्रिन्टर सहयोग गरेको छ ।

आज आयोजित कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष एवम् बुढानिलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराई र कपन प्रहरी प्रभाग भवन निर्माण संयोजक नवराज खनाल (विक्रम) लगायतलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ कपन होराइजनका अध्यक्ष कृष्णप्रसाद भट्टराई, चार्टर प्रेसिडेन्ट लायन शन्कर प्रसाद भट्टराई, निवर्तमान अध्यक्षद्वय रामशरण सापकोटा र सरोज धिताल, जिल्ला गभर्नर लायन महेश आचार्य, २nd VDG धर्म शरण श्रेष्ठ, GAT Leader लायन धनप्रसाद लामिछाने लगायतको विशेष उपस्थिति रहेको थियो ।

समारोहमा वक्ताहरुले आधुनिक प्रविधि प्रयोग गर्दै प्रहरी सेवाको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लबले कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको बताए ।

साथै, यस किसिमको सामाजिक उत्तरदायित्वपूर्ण योगदानले प्रहरी सेवामा जनविश्वास बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

लायन्स क्लब अफ कपन होराइजनले यसअघि पनि शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम गर्दै आएको बिशाल काफ्लेले जानकारी दिएका छन् ।