जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेसँगै आन्दोलनको स्वरूप र सरकारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहका क्रममा मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनका अनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।
भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक मोडमा पुगेपछि धेरै स्थानमा आगजनी र झडपका घटना भएका थिए। त्यस क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।
मानवअधिकारकर्मीहरूले आन्दोलनका क्रममा भएको उच्च संख्यामा मृत्यु र घाइतेलाई गम्भीर रूपमा लिएका छन्। मृतकहरूको सनाखत अझै जारी छ, किनकि विभिन्न स्थानमा आगलागीका कारण हालसम्म केही शव फेला पर्न बाँकी छ। आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी क्षेत्रमा ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया