नख्खु कारागारद्वारा रवि लामिछानेलाई लिन आनाकानी

साझा प्रेस
100
Shares
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागार प्रशासनले अहिलेसम्म भित्र प्रवेश गराउन सकेको छैन।

करिब दुई घण्टा अघि कारागार पुगेका लामिछानेलाई जेल प्रशासनले अझैसम्म भित्र नहाल्दा अन्योल बढेको छ। उनीसँगै रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र लामिछानेकी पत्नी निकिता पनि कारागारमै रहेका छन्।

कारागार परिसरमा सचिवालयका कर्मचारीहरू कागजपत्र बोकेर दौडधूप गरिरहेका छन्। प्रशासनले असुरक्षाको कारण देखाउँदै लामिछानेलाई तत्काल कारागारमा राख्न नचाहेको आशंका गरिएको छ।

यसैबीच कारागारमा अन्य कैदीबन्दीहरू पनि प्रवेश गर्न थालेपछि स्थिति थप संवेदनशील बन्दै गएको छ।