जेनजी आन्दोलन

भैंसेपाटीस्थित मन्त्रीहरुकाे हेलिकप्टरमार्फत उद्धार, सेनाको हवाई फायर

साझा प्रेस
150
Shares

जेनजी आन्दोलन चर्किँदै जाँदा भैंसेपाटीस्थित मन्त्री आवास क्षेत्र असुरक्षित बनेपछि मन्त्रीसहितका व्यक्तिहरूलाई सेनाका हेलिकप्टरमार्फत बाहिर निकालिएको छ ।

प्रदर्शनकारी ठूलो संख्यामा मन्त्री क्वार्टरतर्फ अघि बढेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसक्दा मन्त्रीहरू र उनीसँगै रहेका परिवारजनलाई सेनाका ६ वटा हेलिकप्टर प्रयोग गरी सुरक्षित स्थानतर्फ सारिएको हो ।

त्यहीबेला प्रदर्शनकारीहरूले मन्त्री क्वार्टर क्षेत्रमा आगजनी गरेका थिए । आगलागी नियन्त्रणमा लिन र भीडलाई तितरबितर पार्न नेपाली सेनाले हवाई फायर गरेको स्रोतले जनाएको छ ।

राजधानीकै संवेदनशील मानिने मन्त्री आवास क्षेत्रमा भएको आक्रमणपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जेनजी आन्दोलन चर्कँदै गएसँगै राजनीतिक संकट थप गहिरिँदै गएको विश्लेषकहरूको आकलन छ ।