जेनजी आन्दोलन

प्रधानमन्त्री निवास नजिकै गोली प्रहार, दुई घाइते

साझा प्रेस
100
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको भक्तपुरको बालकोट क्षेत्रमा सोमबार साँझ गोली प्रहार भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

प्रदर्शनकारी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासतर्फ अघि बढिरहेका बेला सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको थियो । झडप तीव्र बनेपछि गोली चलाएको बताइएको छ ।

घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरूलाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । तर, प्रधानमन्त्रीको निजी निवास नजिकै प्रदर्शन चर्किएपछि सुरक्षा सतर्कता थप कडा बनाइएको प्रहरी स्रोतले जनाएको छ ।