जेनजी आन्दोलन

मन्त्रीहरूको राजीनामाको लहर : सरकार संकटमा

साझा प्रेस
250
Shares

हालैको जेनजी आन्दोलनका क्रममा सोमबार १९ जनाको ज्यान गएपछि सरकारभित्र राजीनामाको लहर सुरु भएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले आन्दोलनमा युवाको ज्यान गएको घटनाप्रति गम्भीर जिम्मेवारी लिँदै सरकारमा बसिरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिने घोषणा गरेका छन् ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले पद त्यागको घोषणा गरिसकेका थिए । त्यस्तै, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिने तयारी गरेको बताएका छन् ।

एकैपटक तीन मन्त्रीले पद छाड्ने घोषणा गरेपछि सरकारभित्र थप अस्थिरता बढेको छ । जेनजी आन्दोलनको चर्को दबाबबीच मन्त्रिपरिषद् पुनर्गठन वा ठूलो राजनीतिक निर्णय हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।