जेनजी आन्दोलन

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

साझा प्रेस
50
Shares

जेनजी आन्दोलन उग्र बन्दै गएको छ । आन्दोलनकारी युवाले मंगलबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीले कार्यालय परिसरमा प्रवेश गरेपछि प्रहरीलाई नियन्त्रण गर्न गाह्रो भएको थियो । प्रहरीको उपस्थिति कमजोर भएपछि प्रदर्शनकारीहरूले कार्यालय कब्जा गरेर तोडफोड मच्चाएका हुन् ।

आगो लाग्दा भवनका केही भागमा क्षति पुगेको बताइएको छ । कार्यालयभित्र रहेका कागजात, फर्निचर र अन्य सामग्री जलाएको प्रारम्भिक जानकारी आएको छ ।