जाने होईन त अमेरिका

साझा प्रेस
1.2k
Shares

संयुक्त राज्य अमेरिका जानका लागि सन् २०२६ को डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा खुलेको छ । काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले बुधबार रातिबाट नै डिभी चिठ्ठा खुल्ने घोषणा गरेसँगै आवेदनका लागि पक्रिया खुल्ला गरेको हो ।


अक्टाबर २ रातिबाट आवेदन खुल्ला गरिएको डिभि चिठ्ठाको अनलाइन आवेदन विन्डो सन् २०२४ को नोभेम्बर ५ बाट बन्द हुनेछ ।

दूतावासले आवेदकहरूलाई आफ्नो सम्पुर्ण बिबरण सहित चाँडै आवेदन पेश गर्न भनेको छ । यस पटक पनि डीभी चिठ्ठामा भाग लिन कुनै शुल्क नलाग्ने, आवेदन प्रक्रिया सरल र सहज भएकाले व्यक्तिगत रूपमा नै आफैले आवेदन दिन दुतावासले जोड दिँदै सहयोगका लागि परामर्शदाता प्रयोग नगर्न सिफारिस गरेको छ ।


https://dvprogram.state.gov/ मा उपलब्ध आधिकारिक डाइभर्सिटी भिसा फारम मार्फत इलेक्ट्रोनिक रूपमा आवेदन दर्ता गर्न सकिने छ । दूतावासले आवेदन दर्ता गर्दा राहदानी आवश्यक नरहेको पनि बताएको छ ।