रास्वपाका सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

जेनजी आन्दोलनमा सहभागी हुने घोषणा

साझा प्रेस
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

शाहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तत्काल प्रभावका साथ सांसद पद त्यागेको घोषणा गरेका हुन् । विज्ञप्तिमा उनले संसद सदस्यको हैसियतमा आजको मितिदेखि राजीनामा दिएको उल्लेख गरेका छन् ।

साथै शाहले जेनजी आन्दोलनमा सहभागी हुने घोषणा गर्दै आफू अब प्रत्यक्ष रूपमा आन्दोलनमा उत्रिने बताएका छन् ।

रास्वपाका सांसदले संसदबाट बाहिरिँदै आन्दोलनको नेतृत्व लिन तयार भएको घोषणाले आगामी राजनीतिक घटनाक्रममा नयाँ मोड आउने विश्लेषण हुन थालेको छ ।