धितापत्र बोर्डको अध्यक्षका लागि बोलाईयो उम्मेद्धारहरु

साझा प्रेस
0
Shares


१० असोज, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तिम चरणमा छनौत भएका ३ जनालाई पुनः अन्र्तवार्ताका लागि बोलाईएको छ । प्राप्त आवेदन मध्ये सर्टलिस्टमा परेका ३ जनालाई व्यवसायिक कार्ययोजना प्रस्तुत तथा अन्तरवार्ताका लागि अर्थ मन्त्रालयद्धारा गठिन सिफारिस समितिले पुनः बोलाएको हो

यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका तीन जना उम्मेदवारलाई समितिले असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको छ । सर्टलिस्टमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईँ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको नाम रहेको छ ।

यसअघि बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले पाँच जनाको नाम तयार पारेको थियो । सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् । तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा तीन जना उम्मेदवार सहभागी नभएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया शुरु गर्ने तयारी गरेको थियो । तर सर्वोच्चले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अघि बढाएको हो ।