संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ।
बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोतसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।
त्यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।
यस्तै, गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट गरिएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया