नेचासल्यानमा समृद्धि चित्र निर्माण कार्यदल गठन

साझा प्रेस
400
Shares

समृद्धि चित्र निर्माणका लागि कार्यदल गठन गर्ने निर्णय सहित नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।

कमिटी अध्यक्ष ओमप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले गाउँपालिकास्तरमा समृद्धि चित्र निर्माणका लागि कार्यदल गठन गर्नुका साथै वडास्तरमा संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला सचिवालय सदस्य धर्मध्वज खत्रीको संयोजकत्वमा पालिकास्तरीय समृद्धि चित्र निर्माण कार्यदल गठन गर्ने निर्णय गरेको छ । यस कार्यदलले गाउँपालिकाको विकास र समृद्धि सम्बन्धी दीर्घकालीन योजनालाई मूर्त रूप दिन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, भदौ २५ गतेभित्र सबै वडामा बैठक बसेर वडास्तरीय कार्यदल गठन गर्ने, टोल कमिटीलाई पूर्णता दिने र कार्ययोजना निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

गाउँपालिकाले लिएका यी निर्णयहरू कार्यान्वयनमा आएपछि स्थानीय तहमा विकास, योजना निर्माण र कार्यान्वयनमा थप गति आउने विश्वास लिइएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।