बुढानिलकण्ठ नगरपालिका वडा नं. १० ले तिज बिषेश नृत्य प्रतियोगिता आयोजना गरेको छ । बिगतका बर्षमा झैं वडा नं. १० ले नेपाली महिला दिदीबहिनीको महान चाड तिजलाई लक्षित गरी प्रतियोगिताको आयोजना गरेको हो ।
वडा अध्यक्ष नवराज भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतियोगितामा सहभागिताका लागि ईच्छुक दिदीबहिनीहरुलाई आमन्त्रण गर्नुभएको छ । भाद्र ६ गते वडा नं. १० मा रहेको मिलनचोक पार्टी भेन्यूमा कार्यक्रम आयोजना हुने पनि अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।
अध्यक्ष भट्टराईका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार रु १५,०००, दोश्रो पुरस्कार रु १०,०००, तेश्रो पुरस्कार रु ५००० राखिएको छ । सो कार्यक्रममा प्रतियोगिता सहित अन्य साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया