राष्ट्रिय युवा संघ नेपाल दोलखा जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।
बैठक युवा सङ्घका जिल्ला अध्यक्ष सुरज खड्काको अध्यक्षतामा तथा नेकपा एमाले पोलिट्ब्युरो सदस्य, दोलखा जिल्ला इञ्चार्ज तथा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा दोलखाको चरिकोटमा सम्पन्न भएको हो। सो बैठकमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी, नेकपा एमाले दोलखा जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा दोलखा इञ्चार्ज सरोज बस्नेत, केन्द्रीय सदस्य सुजन श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि विभाग सदस्य विशाल काफ्ले खत्रीको पनि उपस्थिति रहेको थियो।
बैठकले संगठनलाई अधिवेशन केन्द्रित गर्दै प्रत्येक वडा र पालिकामा अधिवेशन आगामी मंसिरसम्म सम्पन्न गरी जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै यही भदौ २० देखि २२ गतेसम्म हुने पार्टीको दोस्रो विधान महाधिवेशनसम्बन्धी विषयमा पनि छलफल गरिएको छ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री केसी, केन्द्रीय सदस्य सरोज बस्नेत, सुजन श्रेष्ठ, विशाल काफ्ले खत्री तथा जिल्ला संयोजक सुरज खडकालाई बधाई तथा शुभकामना दिइएको थियो।
बैठकमा जिल्लाका प्रत्येक पालिकाका अध्यक्ष तथा जिल्ला कमिटी सदस्यहरूको सहभागिता रहेको र भव्यतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया