नयाँ तीज गीत ‘बजाउ मादल’ सार्वजनिक

साझा प्रेस
150
Shares


तिजको अवसरमा नयाँ गीत “बजाउ मादल” शैलेश्वरी वाइ म्युजिक (Saileshwari Y Music) YouTube channel मार्फत सार्वजनिक भएको छ ।

जसमा इन्द्रकला राई र योगेश के. बिष्टको स्वर, शब्द तथा संगीत र रचना नौपाने, योगेश विष्ट लगायतले अभिनय रहेको गीतको निर्देशन धन बहादुर तामाङ (सागर) र कोरियो ग्राफ सोम लामा ले गरेका हुन्।

भिडियोमा महिलाहरूको तीजको उल्लास, रंगीन पोशाक, मौलिक नृत्य र सांस्कृतिक भावनालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। परम्परागत लोक लय र आधुनिक संगीतको मिश्रणले गीतलाई सबै उमेरका दर्शक–श्रोतामाझ लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

यस गीतले सामाजिक सञ्जालमा पनि दर्शकहरूको ध्यान खिचि रहेको छ।