महाकुलुङ गाउँपालिकालाई स्वास्थ्य उपकरण प्राप्त

झलक राई
1.2k
Shares

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई स्वास्थ्य सेवा प्रवाहमा सघाउ पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य उपकरण प्रदान गरिएको छ। कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयको सहयोगमा १८ लाख बढीको स्वास्थ्य सामाग्रि गाउँपालिकालाई प्राप्त भएको हो ।

तत्कालित स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य संस्थाहरूका लागि उपकरण खरिद तथा वितरणका लागि बजेट विनियोजन गर्नुभएको थियो।


मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आवश्यक प्रक्रिया पुरा गरी उपकरणहरू स्थानीय तहमा पठाइएको महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिए।

गाउँपालिकाले प्राप्त गरेका स्वास्थ्य उपकरणहरू :
USG मेसिन

इलेक्ट्रिक अटो क्लेभ

नेबुलाइजर मेसिन

स्ट्रेचर

वायोकेमेस्ट्री एनालाइजर (Full)

सेमी वायोकेमेस्ट्री एनालाइजर

फिटल डप्लर

यी उपकरणहरू गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा सेवा केन्द्रहरूमा हस्तान्तरण भइसकेका छन्।