अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ। छलफलमा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टिकृत सेवा विस्तार गर्न २,१०० जना डाक्टर, नर्स लगायतको जनशक्ति थप गर्ने प्रस्ताव राखेको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा दिन दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै थप परामर्श गरी अगाडि बढ्ने बताएका छन्।
छलफलमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डीपीआर निर्माण, र जलन उपचार सेवाका विषयमा समेत चर्चा भएको थियो।
प्रतिक्रिया