नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ३२ वर्ष उमेर पार गरेका सबै तहका कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सामूहिक रूपमा बिदा दिएको छ।
धुलिखेलमा सम्पन्न प्रथम सचिवालय बैठकको निर्णय अनुसार उमेरहदको मापदण्ड कार्यान्वयन गर्दै महासचिव दीपक धामीले सर्कुलरमार्फत निर्णय सार्वजनिक गरेका हुन्। निर्णय अनुसार ३२ वर्ष उमेर पार गरेका मातहत कमिटीका नेतृत्वकर्ताहरूलाई ससम्मान बिदा गरिएको छ।
उमेर हदको कार्यान्वयनसँगै अहिलेको केन्द्रीय कमिटीले मातहतका प्रदेश र जिल्ला कमिटीहरूमा पनि नयाँ संयोजक तथा सह–संयोजकको नियुक्ति गरिसकेको छ। ती कमिटीहरूको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ।
उमेर हद लागु भएसँगै यसअघि कार्यरत प्रदेश अध्यक्षहरूसमेत बिदा भएका छन्। अनेरास्ववियुले युवा नेतृत्वको विकास र संगठनमा ताजगी ल्याउनका लागि यो निर्णयलाई महत्वपूर्ण कदमको रूपमा लिएको बताइएको छ।







प्रतिक्रिया