सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन घाईते, एकको अवस्था चिन्ताजनक

साझा प्रेस
150
Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

आज बिहान करिब ४ः४० बजे थुलुङ दुधकोशी गाउँपालिका ७ स्थित रोक्तीमा बा ०१००३ क ९२०४ को ट्रिपर दुर्घटना हुँदा चालक नवलपरासीका आबास आचार्य,सहचालक मुगुका हिरा टमटा तथा जुम्लाका ग्यानी महत घाईत भएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार टिपर सडक भन्दा ५० मिटर तल खसेको छ । सो दुर्घटनामा घाईते हिरा टमटाको अवस्था भने चिन्ता जनक रहेको पनि प्रवक्ता कार्कीले बताए ।

माप्यदुधकोशी गाउँपालिकाको त्रिबेनि खोला काकुमा निर्माणधिन पुलका लागि सिमेन्ट लिएर गएको
सो टिपर दुर्घटनमा परि घाईत भएकाहरुलाई स्थानीय, जनप्रतिनिधि, नेपाल प्रहरीले उद्वार गरि उपचारका लागि फाप्लु अस्पताल लगिएको छ ।