“घर हाम्रो सोलुखुम्बु” गीत आज सार्वजनिक हुँदै

सोलुखुम्बुको मुहार बोल्ने सांगीतिक यात्रा

नुतन श्रेष्ठ
2.7k
Shares

नेपाली सांगीतिक दुनियाँमा आज एक नयाँ र भावनात्मक गीत थपिँदैछ — “घर हाम्रो सोलुखुम्बु”। गीतकार तथा निर्देशक प्रशान एलुङ् राईको शब्द र निर्देशनमा तयार यो गीत राजेश पायल राईअञ्जु पन्तको मन छुने स्वरमा आज औपचारिक रुपमा सार्वजनिक हुँदैछ।

🎬 प्रिमियर र बिमोचन समारोह

यो बहुप्रतिक्षित गीतको प्रिमियर कार्यक्रम काठमाण्डौंको सिटी सेन्टरस्थित बिग मुभिज हलमा आयोजना गरिएको छ। कार्यक्रममा रक्षा मन्त्री मानवीर राई प्रमुख अतिथिका रूपमा गीतको औपचारिक बिमोचन गर्नेछन्।

सोलुखुम्बुका गाउँबस्ती बोल्ने गीत

गीतकार राईका अनुसार, गीतमा तत्कालीन ३४ वटै गाविसहालका ८ स्थानीय तहको नाम समेटिएको छ। यो गीत सोलुखुम्बुको पर्यटन, संस्कृति, रहनसहन र जनजीवनको यथार्थ झल्काउने उद्देश्यले तयार गरिएको हो।

गीतको भिडियोमा चर्चित हास्यकलाकार हरि निरौला ‘कक्रोच’, बबिन राई ‘गल्फने बाजे’, क्रिसला तामाङ, तथा भिमफेदी गाईजका निर्मल लामा र उनको टिमको आकर्षक अभिनय देख्न पाइनेछ।

अमेरिकामा १७ वर्षदेखि बसोबास गरिरहेका गीतकार प्रशान एलुङ् राईले भने,

मैले लेख्ने हरेक गीतमा आफ्नो गाउँ, आफ्नो माटो र आफ्नै जनताको कथा बोल्ने गर्छ। गाउँका भोगाइलाई गीतमा उतार्दा छुट्टै आत्मसन्तुष्टि मिल्छ।

सोलुखुम्बु जिल्लामा जन्मेर जिल्लाकै मुहार झल्काउन दर्जनौ गीत लेखिसक्नु भएका गीतकार प्रशान एलुङ् राईले अघिल्लो बर्षमात्र २ वटा साँगितिक कोशेली प्रस्तुत गरेका थिए । उनकै शब्दमा रहेको दिलैको दरबार तथा प्रकाश राई अन्तेको शब्दमा रहेको गीतलाई भिडियो मार्फत सार्वजनिक भएको थियो ।

गीत आज मध्यान्ह १२:३० बजे बिग मुभिजमा प्रिमियर भएपश्चात साँझ ५ बजे “MIYO” युट्युव च्यानलमार्फत सार्वजनिक हुनेछ।