एसईई नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड

नुतन श्रेष्ठ
50
Shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB)ले केही बेर अघि मात्र औपचारिक रूपमा नतिजा सार्वजनिक गर्दै परीक्षार्थीहरूको समग्र प्रदर्शन विवरणसमेत सार्वजनिक गरेको छ ।

यस वर्षको परीक्षामा ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८,१७७ जना रहेको छ। यी विद्यार्थीहरूले A+ ग्रेड प्राप्त गरेका हुन्।

बोर्डले यस वर्षको नतिजा ग्रेडिङ प्रणाली अन्तर्गत सार्वजनिक गरेको हो। यस प्रणालीअनुसार विद्यार्थीहरूको मूल्याङ्कन A+, A, B+, B, C+, C, D, र NG (Not Graded) मा विभाजन गरिएको छ।

एसईईको नतिजा तपाईले बिभिन्न अनलाईन प्लाटफर्म तथा एसएमएस र फोन मार्फत पनि प्राप्त गर्न सक्नुहुनेछ ।