गुरु बसिष्ठको “ठिकै छ मेरी प्रिय” सार्वजनिक हुँदै


सुमधुर स्वरका धनी गुरु बसिष्ठको नयाँ गीत “ठिकै छ मेरी प्रिय” यसै आउँदो शुक्रबार, असार ६ गते, दर्शक तथा श्रोतामाझ आउने भएको छ।

यो गीत ड्र्यागन मोशन पिक्चर युट्युब च्यानल मार्फत सार्वजनिक गरिने निर्माण टोलीले जनाएको छ। गीतको भिडियोमा प्रेम परियार र श्रितिका श्रेष्ठको जीवन्त अभिनय देख्न सकिनेछ। क्लासिकल र रक ट्र्याजेडीको संयोजन रहेको यस गीतलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ।

यो गीतले नेपाली संगीत बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।