राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक-२०७७ र नेपाल विश्वविद्यालय विधेयक-२०७९ प्रमाणित गरेका छन्।
अध्यक्ष दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनले दुवै विधेयक आज (बुधबार) उल्लिखित प्रमाणित गरेका हुन्।
अब यी विधेयक प्रमाणीरणका लागि आजै राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइने बताइएको छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रूपमा लागू हुनेछन्।
प्रतिक्रिया