सोलुखुम्बु जिल्लाको सल्लेरीबाट ओखलढुङ्गातर्फ गइरहेको अटोरिक्सा (टेम्पो) मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
टेम्पो सोलु दूधकुण्ड नगरपालिका–८ स्थित सिकारी डाँडामा दुर्घटनाग्रस्त हुँदा तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार टेम्पो अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको थियो।
दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका एक पुरुषको घटनास्थलमै ज्यान गएको हो। घाइते भएका अन्य तीन जना पनि पुरुष रहेको र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सल्लेरीस्थित अस्पतालतर्फ पठाइएको बताइएको छ।
प्रतिक्रिया