सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा योजना निर्माण प्रक्रिया सुरु गरेको छ।
गाउँपालिकाको जेठ २० गते बसेको गाउँ कार्यपालिकाको बैठकले वजेट निर्माण कार्यतालिका स्वीकृत गरेको हो ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङका अनुसार कार्यतालिका स्वीकृत भएसँगै वजेटको पूर्व तयारी जेठ महिनाभित्रै सम्पन्न गरिनेछ भने असार १० गते गाउँसभामा वजेट पेश गरिने छ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँसभामा वजेट प्रस्तुत गर्ने जिम्मेवारी गाउँपालिकाका उपाध्यक्षको हुनेछ।
महाकुलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिएअनुसार, वजेट तथा योजना निर्माण सम्बन्धी सम्पूर्ण प्रक्रिया देहाय अनुसार तय गरिएको तालिका अनुसार अगाडि बढाइनेछ ।
यससँगै गाउँपालिकाले समावेशी, पारदर्शी र सहभागितामूलक वजेट निर्माणमा ध्यान दिने बताइएको छ । स्थानीय तहको विकास र सेवा प्रवाहमा प्रभावकारी बनाउने उद्देश्यले बजेट निर्माण प्रक्रियामा सरोकारवालाको सुझावलाई प्राथमिकता दिइने पनि अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया