भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलले सदन अवरुद्ध गरिरहेको छ। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन नचल्न दिने अडान लिएका छन्।
प्रतिनिधि सभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूसँग छलफल तीव्र पारेका छन्।
यसै सन्दर्भमा सभामुख घिमिरेले आज प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। त्यसपछि उनले एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग पनि वार्ता गरिरहेका छन्।
यता, विपक्षी दलहरूको आन्तरिक बैठक पनि अहिले जारी छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक तोकिएको समयमै सुरु हुन सकेको छैन।
प्रतिक्रिया