सोलुखुम्बु । महाकुलुङका गाउँपालिकाका १५ विपन्न परिवारलाई सहयोगी हातहरु नामक संस्थाले जस्तापाता सहितको सामाग्री हस्तान्तरण गरेको छ ।
महाकुलुङ क्षेत्रमा विभिन्न सामाजिक सेवामा सक्रिय पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाले महाकुलुङ गाउँपालिका वडा नम्बर २ का विपन्न परिवारहरूलाई लक्षित गर्दै सहयोग गरेको हो ।
संस्थाले आर्थिक रूपमा कमजोर १५ घरपरिवारलाई छाना छाउनका लागि जस्तापाता उपलब्ध गराएको हो । स्थानीय स्तरमा घर निर्माण तथा मर्मतमा कठिनाइ भोगिरहेका परिवारहरूलाई सहज आवास सुविधा पुर्याउने उद्देश्यले जस्तापाता वितरण गरिएको संस्थाका अध्यक्ष मछिन्द्र कुलुङले जानकारी दिए । जस्तापातासंगै किलाकाँटी, प्लेनसिट समेत उपलब्ध गराएकोक छ ।
वितरण कार्यक्रममा महाकुलुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रदीप कुलुङ लगायत वडा सदस्यहरु, लाभग्राही परिवार र संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।
यसैबिच स्थानिय चोङ्खिदो टोलका महिलाहरूलाई कोदो कुट्ने विद्युतीय मेसिन पनि हस्तान्तरण गरिएको छ । महिलाहरूलाई कृषिमा सहजताको लागी उनीरुलाई उक्त मेसिन हस्तान्तरण गरिएको जनाइएको छ ।
यस्तै सो क्षेत्रमा कृषिबालीमा क्षति गर्ने बाँदर तथा भालु धपाउने मेसिन पनि वितरण गरिएको छ ।
प्रतिक्रिया