
नेपाली शैक्षिक क्षेत्र एवं सामाजिक अभियान्तका रुपमा उदयीमान राजन श्रेष्ठ क्याम्ब्रिज विश्वबिद्यालयको एउटा बिषेश कार्यक्रमका लागि छनौट भएका छन् ।
काठमाण्डौस्थित मनास्लु वल्र्ड कलेजका म्यानेजिङ डाईरेक्टर रहनु भएका श्रेष्ठलाई युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतमा सन् २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहितको प्रतिनिधि (Partially Funded Delegate) का रूपमा चयन गरिएको हो ।
यसअघि पनि बिभिन्न कार्यक्रममा सहभागि बन्न अन्र्तराष्ट्रिय मञ्चहरुमा पुगि सकेका श्रेष्ठको यस अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रका लागि गौरवको विषय बनेको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।
यस कार्यक्रममा सहभागि बन्दै गर्दा उनले अन्य देशका व्यवसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तरक्रिया गर्नेछन् ।
ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि, संगठन व्यवस्थापन, रणनीतिक सोच र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित छ । सहभागीहरूले विभिन्न कार्यशाला, प्रशिक्षण तथा नेटवर्किङ सत्रमार्फत ज्ञान र अनुभव साटासाट गर्नेछन् ।

आयोजक संस्थाले पठाएको आधिकारिक पत्रमा श्रेष्ठको “क्षमता, सामाजिक योगदान, नेतृत्व कौशल र दीर्घकालीन लक्ष्यहरू” ले छनौटमा विशेष स्थान प्राप्त भएको उल्लेख गरिएको छ ।
श्रेष्ठको यो उपलब्धिले नेपाली युवाको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन मद्धत पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया