अदालतको आदेशमा नै चौधरी पक्राउ गरिएको प्रहरिको भनाइ

साझा प्रेस
50
Shares

अदालतबाट नै आदेश आएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई २० बर्षको जेल सजाय तोकिए पनि रास्ट्रपतिद्वारा आममाफी प्राप्त भएर उनी बिचैमा जेलबाट छुटेका थिए ।

राष्ट्र्पतिद्वारा आममाफी भएपछि तत्कालै उनि विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

प्रहरीका अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न आदेशले आदेश दिएको छ । कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि सो आदेश दिइएको हो ।

बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइन लागेको प्रहरी स्रोतले बतायो ।