रेशम चौधरी पक्राउ

पार्टी एकता स्थगित

साझा प्रेस
100
Shares

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई कार्यक्रम स्थलबाट नै पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेको बताइएको छ ।

गत बिहीबार मात्र जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।

यसैबिच नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।