लुम्बिनीमा रहेको अत्याधुनिक बिद्युतिय बस प्रयोग बिहिन

साझा प्रेस
50
Shares

लुम्बिनीमा पर्यटक लक्षित अत्याधुनिक बिद्युतिय सवारी साधन प्रयोग बिहिन बन्दा राज्यले घाटा व्यहोर्दै आएको छ ।

लुम्बिनी विकास कोषले पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याएको अत्याधुनिक विद्युतीय सवारीसाधन कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । आम्दानीको स्रोत समेत सुनिश्चित हुने, पर्यटकहरुलाई पनि सुविधा पुग्ने लक्ष्य सहित शुरु भएको बिद्युतिय सवारी साधन बन्द संचालनमा आएका छैनन् ।

वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन् ।

एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी साधन कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका थिए । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तीनैमध्येबाट हुन् ।

लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्नसक्ने उक्त बस÷भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ ।