बिद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित

साझा प्रेस
50
Shares

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज जारी गर्ने भनिएको श्वेतपत्र आज सार्वजनिक नहुने भएको छ ।

प्राधिकरणको हालको अवस्था, सरकारद्वारा बर्खास्तीमा परेका कुलमान घिसिङको पालामा भएका आर्थिक तथा प्राविधिक बिबरण समेटिएको श्वेतपत्र आज सार्वजनिक हुने भनिएपनि सो कार्यक्रम स्थगित भएको प्राधिकरण स्रोतले जनाएको छ ।

आज स्थगित भएको श्वेत पत्र अब अर्को सुचना जारी भएपछि मात्र सार्वजनिक गर्ने कार्यक्रम रहेको शाक्यको सचिवालयले जनाएको छ ।