आफ्नै छोरीको ज्यान लिन खोज्ने बाबु पक्राउ परे

साझा प्रेस
0
Shares

सोलुखुम्बुमा आफ्नै ५ बर्षिया छोरीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाई फरार रहेका बाबु चमकुमार तामाङ पक्राउ परेका छन् ।

निज तामाङलाई स्थानिय र नेपाल प्रहरी, जुबुको टोलीले फलाटे फेदी खोला नजिकै फेला पारी पक्राउ गरेको हो । बिहिबार बिहान सोलुखुम्बुको थुुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा ५ बर्षिय पवित्रा तामाङलाई उनकै बाबुले ज्यान मार्ने उद्धेश्य सहित धारिलो हतियार प्रहार गरी भागेका थिए ।

घाईते बालिकालाई तत्कालै उद्धार गरी स्थानिय सामुदायिक अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ लगिएको थियो । थुलुङदुधकोशी गाउँपालिकाले आफ्नै पहलमा हेलिकोप्टरको व्यवस्था गरी घाईते बालिकालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ पठाएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

घाईते बालिकालाईका थप उपचारका लागि अन्य सहयोग पनि प्राप्त भईरहेको एवं अन्य सहयोगका लागि पालिकाले पनि व्यवस्थापन गर्ने सोही पालिकाका अध्यक्ष असिम राईले बताएका छन् ।