घाइते बालिकालाई काठमाडौ लगियो

साझा प्रेस
2.4k
Shares

धारिलो हतियार प्रहारबाट घाइते भएकी ५ वर्षीय बालिकालाई थप उपचारका लागि काठमाडौ पठाईएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा आफ्नै बाबुद्धारा काटिएकी ५ बर्षिय बालिकाको होलिकोप्टरबाट उद्धार गरि काठमाण्डौ लगिएको हो ।

उनको टाउकोमा लागेको चोटबाट रक्तश्राव धेरै भएकाले सघन उपचारका लागि काठमाडौ पठाइएको हो ।

आफ्नै बाबु चमकुमार तामाङले बालिकाको टाउकोमा धारिलो हतियार प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक द्धारिकाप्रसाद घिमिरेले जानकारी दिए । फरार तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।