आफ्नै बाबुद्धारा काटिएकी ५ बर्षिय बालिकाको होलिकोप्टरबाट उद्धार गरि काठमाण्डौ लगिदै छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिममा आफ्नै बाबुले ५ बर्षिय छोरी काटेर फरार छन ।
उद्धारका लागि लुक्ला बिमानस्थलबाट हेलिकोप्टर उडीसकेकाले केही समयमा नै बालिकालाई काठमाण्डौ लगिने तयारी भएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनको टाउकोबाट रक्तश्राव धेरै भएकाले तत्कालै सघन उपचार आवश्यक रहेको स्थानिय स्वास्थ्य चौकीले जनाएको छ ।
उनलाई घटनास्थलबाट तत्कालै उद्धार गरी थप उपचारका दुधकोशी सामुदायिक अस्पतालमा मुक्ली ल्याईएको थियो ।
आफ्नै बाबु चमकुमार तामाङले बालिकाको टाउकोमा धारिलो हतियार प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक द्धारिकाप्रसाद घिमिरेले जानकारी दिए । फरार तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया