आजबाट मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करण शुरु हुँदै छ । बिभिन्न ६ वटा टिम सहभागि लिगको आज मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् ।
लिगका खेलहरुमा वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने, वैशाख १० गते सेमिफाइनल, र ११ गते फाइनल प्रतियोगिता हुने कार्यकारी निर्देशक पवन दासले जानकारी दिए । उनका अनुसार लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुनेछन् ।
प्रतियोगिताको उपाधि जित्ने टिमलाई रु नौ लाख एक हजार र उपविजेतालाई रु चार लाख सहित शिल्ड प्रदान गरिने छ ।
प्रतिक्रिया