एक्लोको पोस्ट प्रोडक्सन लण्डनमा

साझा प्रेस
0
Shares

प्रदिप खड्का अभिनित चलचित्र ‘एक्लो’ को पोस्ट प्रोडक्सनको काम लण्डनमा गरिने भएको छ । ३५ मा छायांकन सकिएको चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्यका साथ पोस्ट प्रोडक्सन काम लण्डनमा गर्न लागिएको हो ।

साइन्स फिक्सनमा आधारित यो फिल्मको अपर मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको निर्देशक प्रदीप शाहीले बताउनुभयो । । यसको प्रदर्शन मिति भने तय भइसकेको छैन ।

बेलायतमा फिल्म मेकिङ पढेका शाहीले त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि नेपाली फिल्म निर्देशनमा होमिएका थिए । यसअघि उनले गोर्खाः ‘विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।

फिल्म ’एक्लो’ मा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज लगायत कलाकारहरूको अभिनय छ ।