आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको मात्र होइन, सुरक्षित ढंगले चलाउन नसकेका कारण उनीहरू जोखिममा रहेको अध्ययनले देखाएको छ ।
उक्त अध्ययनअनुसार सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट आउने अनुचित साथीको प्रस्तावलाई ब्लक गर्नुपर्छ भन्ने जानकारी बालबालिकामा हुँदैन । यस अध्ययनले यस्ता व्यक्तिलाई रिपोर्ट नगर्दा वा ब्लक नगर्दा बालबालिकाहरू आफूलाई भविष्यमा अनावश्यक सम्पर्कको ठूलो जोखिममा पार्छन् ।
बेलायतमा नयाँ कानुन ‘अनलाइन सेफ्टी एक्ट’ अन्तर्गत भनिएको छ, ‘इन्टरनेटमा बालबालिकाको बढी सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी अभिभावकको मात्र नभई प्रविधि कम्पनीहरुको पनि हो ।’
तर यस कानुनसँग सम्बन्धित नयाँ नियमहरू सन् २०२५ सम्म लागू हुने छैनन् । किनकि यो नियम हाल बहसको विषय बनेको छ ।
आलोचकहरू भन्छन्, ‘यो नियम बनाए पनि धेरै प्रभावकारी छैन ।’
बेलायतपछि विश्वभरका धेरै देशले समान नियम बनाई लागू गरेका छन् । सामाजिक सञ्जालमा अपरिचित व्यक्ति र एपसँग जोडिनका लागि बढावा दिन सबैभन्दा बढी योगदान कम उमेरका बालबालिका तथा किशोरकिशोरी रहेको तथ्यांकले देखाउँछ ।
सन् २०२३ मा विश्वभर १५ देखि २४ वर्षसम्म उमेरका ७९ प्रतिशत अनलाइन प्लेटफर्मका प्रयोगकर्ता छन् । यंग एण्ड रेजिलिएन्ट सेन्टरका सहनिर्देशक अमान्डा थर्ड भन्छिन्, ‘अनलाइन जगतमा हुर्किरहेका बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न मद्दत आवश्यक छ �

प्रतिक्रिया