नेपाल सरकारका रक्षा मन्त्री मानबीर राईले बिपद्को समयमा सबैजनालाई सुरक्षित रहन आग्रह गरेका छन् । आफ्नो फेसबुक पेज मार्फत एक सन्देश जारी गर्दै रक्षा मन्त्री राईले अबिरल बर्षात तथा बाढी पहिरोबाट जोगिन सुरक्षित स्थानमा बस्न तथा उद्धारमा सहयोग गर्न समेत अपिल गरेका छन् ।
उनले देशका अधिकांश भागमा भईरहेको भारी बर्षातका कारण निम्तिएको बिपद्मा परेकाहरुको उद्धारका लागि गृह मन्त्रालय मार्फत सबै तहका सुरक्षा निकाय परिचालन भएको समेत जानकारी दिएका छन् ।
प्रतिक्रिया