बाढी पहिरोको कहर

हेटौंडा-काठमाडौ सडक अवरुद्द

साझा प्रेस
0
Shares

हेटौंडा । अविरल वर्षाका कारणले त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी सडक सहित हेटौंडाबाट काठमाडौ जाने सबै सडक अवरुद्द भएको छ ।

कुलेखानी–सिस्नेरी र कुलेखानी–फाखेलको सडकको विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको भने यसैगरी कान्ति लोकपथको पनि विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्द भएको छ ।

त्रिभुवन राजपथको दामनमा पहिरो गई रुख ढलेको कारण सडक अवरुद्ध छ । पहिरोको कारण सडक अवरुद्ध हुँदा सयौं यात्री बाटोमानै अलपत्र परेका छन् ।