कृति समिक्षा

यौवन हराएको मान्छे : मनको जिजिविषामा


“कविता आफैमा एउटा हतियार हो।“ मिलन प्रधान(भारत)

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जन्मिनुभएको कवि डिइबी सिकारु उर्फ दुर्गा ब.खडका साहित्यको नक्षत्रमा एउटा नयाँ नाम हुन । भर्खरै मात्रै उनको यौवन हराएको मान्छे शीर्षकको कविता संग्रह पठन सकाएँ । यस सँग्रहमा लामा छोटा गरि जम्मा ४५ वटा कविताहरु रहेका छन् । साहित्यपोष्टले प्रकाशन गरेको यस कृति सय पृष्ठ मोटो कवितामा कविको सिकारु उपनामधारी भए पनि कविता निकै निखारिएका छन् । केही वर्ष यता कवि विविध कामको सिलसिलामा परदेशमा हुनुहुन्छ । परदेशी जीवनबाट पनि यति बोधगम्य, सुललित, विम्ब, प्रतीकका साथ कविता तथा साहित्य सिर्जना गर्न सकिन्छ भन्ने प्रमाण पनि हो “यौवन हराएको मान्छे । ”

झ्वाट्ट सुन्दा उमेर गईसक