तिब्बत महाभुकम्पको पराकम्पले सोलुखुम्बुवासी प्रभावित

साझा प्रेस
900
Shares
फोटोः सोलुखुम्बु प्रहरी

चिनको तिब्बतमा मंगलबार बिहान गएको महाभुकम्प पश्चातको पराकम्पले सोलुखुम्बुको बिभिन्न क्षेत्रमा असर पारि रहेको छ ।

मंगलबार बिहान ६.५० बजे आएको महाभुकम्प पश्चात तिब्बत सहित सिमा जोडिएको सोलुखुम्बुको खुम्बु क्षेत्र तथा आसपासका क्षेत्रमा समेत पराकम्प गईरहेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

बुधबार बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पको पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

त्यस्तै माप्यदुधकोशी गाउँपालिका तथा सोलुदुधकुण्ड नगरपालिकाको पनि बिभिन्न क्षेत्रमा पराकम्पको त्रास फैलिएको सोलुखुम्बु प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।