सांसदहरूले फितलो व्यवस्थापन, आर्थिक संकटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनिहरुको सुझाव रहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकटको मूल्यवृिद्ध नियन्त्रण गर्न निगमलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले त्यसका लागि मुलुकको आकाश सुरक्षित हुनुपर्ने तथा त्यसमा पर्यटन क्षेत्रमा आबद्ध सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे ।
समिति सदस्य उदय शम्शेर जबराले निगमको समस्या २० वर्ष पुरानो र परम्परागत भएको उल्लेख गर्दै व्यवस्थापन परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरे । व्यवस्थापन परिवर्तन नगरी निगममा सुधार गर्न कठिन रहेको जबराको भनाई थियो ।
समितिका अर्का भीमप्रसाद आचार्यले निगमको व्यस्थापन प्रणाली परिवर्तन नगरिकन अरू परिवर्तन हुने अवस्थामा नभएको बताए
सांसद एनपी साउदले निगममा व्यवस्थापकीय समस्या भएको बताउदै सुधारका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मेवारी दिनुपर्ने वा व्यस्थापन करारमा जानुपर्ने सुझाव दिए ।
प्रतिक्रिया